२०८१ बैशाख २० , बिहिवार

नेपालले युएईलाई दियो ११९ रनको लक्ष्य

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालले खराब ब्याटिङ गर्दै एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ ।

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनायो ।सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए ।

अन्य कुनै पनि नेपाली ब्याटरले सम्झन लायक प्रदर्शन गरेनन् ।ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ८, कप्तान रोहित पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट भए ।नेपालको सुरुवात नै सम्झन लायक थिएन ।

तीव्र गतिका बलर जुनैद सिद्दिकीको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल एज लागेर विकेटकिपर हैदरबाट समातिन पुगे । कुशललाई पहिलो बलमै गुमाएपछि अन्य नेपाली ब्याटर खुलेर खेल्न सकेनन् ।