२०८१ बैशाख २० , बिहिवार

‘एक भगवत् र एक गीता’ फिल्म भिडिओ पसल एपमा रिलिज

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेता विपीन कार्की अभिनीत फिल्म ‘एक भगवत् र एक गीता’ भिडिओ पसल एपमा रिलिज गरिएको छ। यो फिल्म नेपाल बाहिरबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको छ।

फिल्म ‘एक भगवत् र एक गीता’ लैंगिक अल्पसंख्यक समुदाय र मधेसको कथावस्तुमा निर्माण गरिएको हो।झरना थापाको निर्देशन रहेको फिल्ममा विपीन कार्की, सुहाना थापा, धिरज मगर, कबिर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायत कलाकारको अभिनय छ।

सुनिलकुमार थापाको निर्माणमा बनेको फिल्मको कथा निर्देशक झरना थापाको रहेको छ।२०१७ देखि सञ्चालनमा रहेको भिडिओ पसलमा ‘छक्का पन्जा ४, झिँगेदाउ, मन्त्र, लाखे’ लगायतका फिल्म हेर्न सकिन्छ।