२०८१ बैशाख २० , बिहिवार

युएईविरूद्ध खेलमा कुशल भुर्तेल पहिलो बलमै आउट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

ओमानमा भइरहेको एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।

नेपालका ओपनर कुशल भुर्तेल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा पहिलो बलमै आउट भएका छन् ।

तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो बलमा कुशल भुर्तेल विकेटकिपर हैदरबाट क्याच हुँदै आउट भएका हुन् ।नेपालका आसिफ शेख शून्य र रोहित पौडेल १ रनमा क्रिजमा छन् ।

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख।