२०८१ बैशाख १८ , मंगलबार

यूएईमा आएको बाढीमा एक नेपालीको मृत्यु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

युनाईटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।

यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको दूतावासले जनाएको छ ।

यूएईमा दुई दिनदेखि परेको भारी वर्षाका कारण बाढी आइरहेको छ । सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासले बताएको छ ।