२०८१ बैशाख १९ , बुधवार

अनमोल र जसिताको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अनमोल केसी र जसिता गुरुङ स्टारर फेन्टासी ड्रामा ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । सुयोग गुरुङ निर्देशित यो फिल्म जेठ ११ गतेबाट प्रदर्शन हुँदैछ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलर मुख्य पात्रको दैनिक गतिविधि र प्रेम सम्बन्धको कथा वरपर घुम्छ । पहिलोपटक अनमोल र जसिताले यो फिल्ममा अनस्क्रिन रोमान्स गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेता केसीले यो फिल्मलाई लिएर आफू उत्साहित रहेको बताए । आफ्नो करिअरको १० वर्ष र दशौं फिल्मको रुपमा यो फिल्म आउन लागेको अनमोलले बताए ।जसिताले पनि आफ्नो करिअरमा यो फिल्मले महत्वपूर्ण अर्थ राख्ने बताइन् ।

फिल्मको छायांकन काठमाडौं र पोखरामा गरिएको हो । निर्माताले छायांकनको समयदेखि नै पोस्टर र स्टिलसहितका फस्टलुक सार्वजनिक गर्दै आएका छन् । फिल्ममा निर्मल शर्मा, कृष्ण मल्ल, रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ ।