२०८१ बैशाख १९ , बुधवार

जनकपुरमा जलिरहेको अवस्थामा मृत भेटिएकी युवतीको छोरीको पनि जलेर मृत्यु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जनकपुरमा जलिरहेको अवस्थामा मृत फेला परेको छोरीको पनि मृत्यु भएको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६, पुलचौकमा रेल्वे लिक नजिक पोखरी डिलमा राति ८ बजेतिर महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया प्रियंका महतो जलिरहेको अवस्थामा मृत फेला परेकी थिइन् ।

त्यहाँ जलिरहेको अवस्थामा १० महिने उनको छोरी माही जीवितै फेला परेको तर उपचारको क्रममा मृत्यु भएको धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए ।