२०८१ बैशाख १९ , बुधवार

‘कमब्याक’ गर्दै तुलसी घिमिरे

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अग्रज निर्देशक तुलसी घिमिरेको पछिल्लो फिल्म ‘दर्पणछाया २’ बक्स अफिसमा कमजोर रह्यो । त्यसयता ६ वर्षको ‘ग्याप’ भइसक्यो, घिमिरे निर्देशनमा फर्किएका छैनन् । घिमिरेले लगातार केही फिल्म बनाउने तयारी गरिरहेका छन् र सम्भवतः आगामी दशैंबाट उनको पहिलो प्रोजेक्ट ‘पहाड’को छायांकन सुरु हुनेछ ।

यो फिल्मको शीर्ष भूमिकामा विपिन कार्की निश्चित भएका छन् । विपिनले साइन गर्न मात्र बाँकी छ । यो फिल्मका लागि महजोडीलाई पनि प्रस्ताव गरिएको खबर छ ।अभिनेता हरिवंश आचार्यले प्रस्ताव आएको तर साइन भइनसकेको बताए ।विपिनले पनि आफू फिल्मसँग जोडिएको र साइन गर्न बाँकी रहेको बताए । ‘

दशैंपछि छायांकन सुरु हुने फिल्म ‘पहाड’मा विपिनले भारत कालिम्पोङको एक पात्रको भूमिका गर्दैछन् । यो फिल्मबाट नयाँ अभिनेत्रीलाई ब्रेक दिने उनको तयारी छ ।फिल्मले दिनानुदिन रित्तिंदै गइरहेका पहाडको कथा भन्नेछ । फिल्मको लेखन पनि घिमिरे स्वयंले गरिरहेका छन् ।