२०८१ बैशाख १९ , बुधवार

फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक गरिएको छ ।बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक ट्रेलरमा एक बस्तीका दुई अलग समुदायको कथा पेस गरेको छ ।

विवाहित ब्राह्मण पुरुष र लिम्बू महिलाबिचको नोकझोंक ट्रेलर देख्न सकिन्छ ।अन्तर्जातीय सम्बन्धको कथामा बनेको फिल्म निर्देशक सुब्बाले नै लेखेका हुन् ।

फिल्ममा शान्ति गिरी, हेमन्त बुढाथोकी, विप्लव प्रतीक (कवि), जीवन बराल, अनिल सुब्बा, लोकमणी सापकोटा लगायतको अभिनय छ । फिल्म वैशाख २१ गतेबाट प्रदर्शनमा आउँदै छ ।