२०८१ बैशाख १९ , बुधवार

वैवाहिक बन्धनमा बाँधिए एलिना र विष्णु

Eleena-Chauhan-Wedding1

 

सुनाखरी न्युज/ काठमाडौं ।
गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छन्। उनले बुधबार लामो समयदेखि प्रेमी रहेका सापकोटासँग परम्परागत रुपमा विवाह बन्धनमा बाधिएकी हुन् ।

 

बिर्तामोडको बिर्ता पार्टी प्यालेसमा भइरहेको विवाह समारोहमना एलिना र उनका पति विष्णु सापकोटालाई बधाई दिनेको भीड छ ।

 

राष्ट्रियसभा सदस्य कृष्ण सिटौला पनि विवाहस्थल पुगेका छन् । सिटौला झापाकै बासिन्दा हुन् ।एलिना र विष्णुलाई दाम्पत्य जीवनको शुभकामना दिन रचना रिमाल, मेलिना मैनालीलगायतका कलाकार झापा पुगेका छन् ।