२०८१ बैशाख १८ , मंगलबार

बाहुबली हर्बल प्रालिमा आगलागी

aaglagi_mzfrQRHDZ3

सुनाखरी न्युज/ काठमाडौं ।
बाँकेको जानकी गाउँपालिका – ६ स्थित बाहुबली हर्बल प्रालिको कम्पाउन्ड भित्र राखिएको सल्लो प्रजातिको काठरखोटोमा आगलागी भएको छ । बिहीबार बिहान ७।१५ बजेदेखि लागेको आगो नियन्त्रणमा आइसकेको छैन।

 

आगलागी नियन्त्रणका लागि नेपाल र भारतका ११ वटा दमकलले आगो नियन्त्रणमा लिँदै । उद्योगको बाहिर सल्लाको काठ थुपारिएको गोदाममा आगलागी भएको र मुख्य गोदाम सुरक्षित रहेको डिएसपी नारायण डाँगीले जानकारी दिए ।

 

अहिले आगो निभाउने काम भइरहेको उनले बताए । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । करिब ९० प्रतिशत आगो नियन्त्रणमा आइसकेको उनले बताए ।