२०८१ बैशाख १८ , मंगलबार

देवघाट–हलेशी माउन्ट एभरेष्ट मोटर ¥याली सुरू

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बागमती अटो मोबाइल एसोसिएसन र चितवन अटोमोवाइल डिलर एसोसिएसनको सयुक्त आयोजनामा २०८१ बैशाख ५, बुधबारबाट देवघाट हलेशी माउन्ट एभरेष्ट मोटर ¥याली सुरू भएको छ ।सो ¥याली बैशाख ५ देखि ७गते सम्म चल्नेछ ।

भरतपुर मनपाका उपमेयर चित्रसेन अधिकारी र नेपाल अटो मोबाइल एसोसिएसनका उपाध्यक्ष अनील कुमार बरालले फ्ल्याग अफ गरेर ¥यालीको शुभारंम्भ गरे  ।¥यालीको उद्वघाटन गर्नुहुदै नगर उप प्रमुख चित्रसेन अधिकारीले भ्रमण बर्ष सफलबनाउन ¥याली महत्पूर्ण भएको बताए ।बागमती अटोमोबाइल एसोसिएसनका अध्यक्ष समेत रहेका चितवन अटो मोबाइल डिलर्स एसोसियसनका अध्यक्ष राजन पियाले टिडिएस ¥यालीमा २५ देखि ३० जना ड्राइभर र अटो जिमखाना प्रतियोगितामा १५ देखि २० जना ड्राइभर सहभागि हुने जानकारी दिए ।

नेपाली मोटर स्पोर्टस् प्रादेशीक संरचनामा गएपश्चात यो ¥याली बागमती अटोमोबाइल एसोसिएसनको दस्रो इभेन्ट हो ।प्रत्येक दुई बर्षमा उक्त ¥याली आयोजना गर्दै आइरहेकोर विजेतलाई शिल्ड, प्रमाणपत्र र आकर्षक पुरस्कारको व्यवस्था गरेको अध्यक्ष राजन पियाले बताए  ।चितवन उद्योग वाणिज्य संघका अध्यक्ष लगाएतका पदाधिकारि, नासा नेपालका पदाधिकारिहरु तथा चितवन अटो मोबाइल डिलर्स एसोसिएन र बागमती अटो मोबाइल एसोसिएसनका पदाधिकारि समेतको उपस्थिति रहेको थियो ।

बिश्वमै अत्यन्तै शाहसिक र पृथक मानिएको मोटर स्पोर्ट्सको नयाँ विधाAutoCrosसमेतको मिश्रण रहेको यस ¥यालीको TSD Rally विधा एक दशक देखि नेपालमा अत्यन्तै प्रचलनमा रहेकोे छ ।टाइम(समय), डिस्ट्यान्स (दुरी), र स्पीड (गति) अर्थात टिडिएस ¥यालीअन्तर्गत गन्तब्यसम्म पुग्नका लागि विभिन्न चेक प्वाइन्टहरु निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पीड तय गरिएको हुन्छ ।