२०८१ बैशाख १९ , बुधवार

जगदम्बा मोबाइल्स बोल्टका लागि नेपालको आधिकारिक वितरकमा नियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रा.लि.ले भारतीय वेरेबल ब्राण्ड बोल्टसँग विशेष सहकार्य गरेको छ । योेसँगै जगदम्बा मोबाइल्स अब नेपालको लागि बोल्टको आधिकारिक वितरक भएको छ। यो सहकार्यले नेपालमा स्मार्टवाच र इयरबड्स्जस्ता वेरेबल उत्पादनहरुको बजारलाई नयाँँ आयाम दिने विश्वास कम्पनीले लिएको छ ।

यो सहकार्यसँगै अब नेपाली उपभोक्ताहरूको विभिन्न आवश्यकता र प्राथमिकता अनुसारका स्मार्टवाच र टिडब्लुएस् (ट्रू वायरलेस स्टेरियो) इयरबडहरु बजारमा उपलब्ध रहेका छन् । बोल्टका स्मार्टवाच अन्तर्गत रिपल, क्राउन आर प्रो, ड्रिफ्ट टु, क्राउन र डाइभ एक्स मोडलहरु उपलब्ध रहेका छन्भनेटिडब्लुएस् इयरबड्स् अन्तर्गत म्याभरिक, एक्स १० प्रो, के ४५, के ३५, के ६०, एक्स ७०रएक्स ४५ मोडलहरु उपलब्ध रहेका छन् ।

यसबारे बोल्दै जगदम्बा मोबाइल्स प्रा.लि.का कार्यकारी निर्देशक सक्षम जाटियाज्युले भन्नुभयो, “भारतको अग्रणी वेरेबल ब्राण्ड बोल्टसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो सहकार्यले हाम्रा ग्राहकहरूलाई नवीनतम प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ ।”त्यस्तै बोल्टका सह–संस्थापक वरुण गुप्ताज्यूले भन्नुभयो,“जगदम्बा मोबाइल्स प्रा.लि.सँग विशेष सहकार्य गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ । यो सहकार्यले नेपाली युवाहरुलाई अत्याधुनिक वेरेबल प्रविधिहरू प्रदान गर्ने हाम्रो साझा प्रतिबद्धतालार्ई प्रतिविम्बित गरेको छ। जगदम्बा मोबाइलको व्यापक सञ्जालले अत्याधुनिक प्रविधिलाई सबैका लागि थप पहुँच योग्य बनाउने छ भन्ने हाम्रो विश्वास रहेको छ । साथै यसले हाम्रो विश्व व्यापी बजार विस्तार गर्न पनि सघाउ पु¥याउनेछ भन्ने हामीले आशा राखेका छौँ।”

यी सबै मोडलहरु आजबाट दराज लगायत जगदम्बा मोबाईल्सका आधिकारिक रिटेलरहरुमा आकर्षक मूल्यमा उपलब्ध छन् ।२०१७मा वरुण गुप्ता र तरुण गुप्ताद्वारा सह–स्थापना गरिएको बोल्ट पछिल्लो आइडिसि प्रतिवेदन अनुसार भारतमा२०२३ मा सबैभन्दा छिटो वृद्धि भईरहेकोे वेरेबल ब्राण्ड हो।बोल्टका अत्याधुनिक हेडफोनहरूदेखि स्पिकरहरूले स्टाइल, नवीनता र उत्कृष्ट ध्वनि प्रदर्शनको उत्कृष्ट मिश्रणलाई मूर्त रूप दिन्छ।