२०८१ बैशाख १९ , बुधवार

६ सयले घट्यो सुनको मूल्य, चाँदीको कति ?

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

साताको कारोबारको पाँचौ दिन बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो । बिहीबार छापावाला सुनको भाउ १ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बुधबार सुनको भाउ १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बुधबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।