२०८१ बैशाख १९ , बुधवार

विश्वको आर्थिक वृद्धिको प्रक्षेपणमा शुधार, नेपालको भने खस्कियो !

Press Briefing: World Economic Outlook

सुनाखरी न्युज/ वासिङ्टन डीसी (अमेरिका) ।

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले विश्वको आर्थिक परिदृश्य (वर्ल्ड इकोनोमिक आउटलुक) सार्वजनिक गर्दै विश्वको आर्थिक वृद्धि यो वर्ष सन् २०२४ मा ३.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । ६ महिनाअघि अक्टोबर २०२३ मा गरेको प्रक्षेपणभन्दा यो निकै उत्साहप्रद हो ।

गत अक्टोबरमा विश्वको आर्थिक वृद्धि सन् २०२४ मा २ दशमलव ९ प्रतिशत मात्रै हुने प्रक्षेपण आईएमएफको थियो । यसपटक विश्व अर्थतन्त्रको अवस्था देखाउने प्रतिवेदन सार्वजनिक गर्दै आईएमएफले यही वर्षबाट विश्व अर्थतन्त्र कोभिड अघिको सामान्य अवस्थामा फर्कने पनि जनाएको छ ।

 

तर, नेपालको अवस्था भने बिल्कुल फरक छ । गत अक्टोबरको प्रतिवेदनमा आईएमएफले नेपालमा पनि आर्थिक वृद्धि सन् २०२४ मा सन्तोषजनक नै हुने अनुमान गरेको थियो ।

त्यसबेला सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने अनुमान थियो । तर यसपटक ४ बैशाखको प्रतिवेदनमा  भने आईएमएफले यसपटक नेपालको आर्थिक वृद्धिको प्रक्षेपणमा तीव्र कटौती गरेको छ ।