२०८१ बैशाख १८ , मंगलबार

साउदीलाई ६ विकेटले हराउँदै नेपाल अपराजितका साथ सेमिफाइनलमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई ६ विकेटले हराउँदै अपराजितका साथ सेमिफाइनलमा पुगेको छ । समूह ए बाट सबै ४ खेलमा जित साथ सेमिफाइनलमा पुगेको हो ।

७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे ।

नेपाल समूह ए बाट नेपालको जितले हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले यसअघि मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो ।

नेपालले शुक्रबार समूह बी को उप-विजेतासँग सेमीफाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले टी-२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।