२०८१ बैशाख १८ , मंगलबार

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि सोडारीलाई अघि बढाउने एकीकृत समाजवादीको निर्णय

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको ८०औँ सचिवालय बैठकले सुदूरपश्चिम प्रदेशसभाका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीको १०औँ महाधिवेशनको तयारी लगायतका विषयमा सो बैठकमा छलफल भएको थियो । बैठक जारी रहेको छ ।