२०८१ बैशाख १८ , मंगलबार

उच्च मूल्यमा पुगेको सुन आज स्थिर

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।

आज सुनको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो। आज तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।