२०८१ बैशाख १८ , मंगलबार

माछापुच्छ्रे बैंकको नयाँ शाखा रुपन्देहीकाे सिद्धार्थनगरमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

माछापुछ्रे बैंक लि. ले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ । मिति २०८१/०१/०४ गते मंगलबारका दिन आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर  ईश्तियाक अहमद खाँ तथा माछापुछ्रे बैंक लि. का अध्यक्ष रोशन केसंी ज्यूले संयुक्त रुपमा समुद्घाटन गरेको हो ।

उक्त समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थ नगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँज्यूले माछापुछ्रे बैंक लि. ले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुशि व्यक्त गर्दै बैंकलाई अझै उचाईमा लग्न बैंक संचालक एंव व्यवस्थापन समितिलाई शुभकामना गरेका छन्।

उक्त कार्यक्रममा बोल्दै बैंक संचालक समितिका अध्यक्ष रोशन केसी ज्यूले माछापुछ्रे बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउन्े लक्ष्यका साथ सेवा प्रदा नगरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवाप्रदान गर्न पाउंदा निक्कै नै हर्ष लागेको बताए । साथै बैंकले गुणस्तरिय सेवाप्रदान गर्नको लागि कुनैपनि कुरामा सम्झौैता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उक्त औपचारिक समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक संचालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एंव बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।