२०८१ बैशाख १७ , सोमवार

मधेश सरकारबाट बाहिरियो लोसपा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो ।दलको निर्णयसँगै वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।

लोसपाले अर्को मन्त्रालयको माग गर्दै आएको थियो ।मुख्यमन्त्री यादवले मंगलबार विश्वासको मत लिन लिने कार्यक्रम रहेपनि जनमतको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको छ । १० मिनेटका लागि बैठक स्थगित गरिए पनि हालसम्म बैठक सुचारु हुन सकेको छैन ।
यसैबीच कुर्मीको राजीनामा मंगलबार नै स्वीकृत भएको छ । मंगलबार नै वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सरोजकुमार यावले सम्हाल्ने गरी प्रदेश प्रमुखले तोकेका छन् ।