२०८१ बैशाख १७ , सोमवार

बुधवार काठमाडौंका यी क्षेत्रमा ६ घण्टा बत्ती जाने

OIP (1)

 

सुनाखरी न्युज/ काठमाडौं।

काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोलि (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने भएको छ ।

बिजुली कटौती हुने क्षेत्रहरूमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भन्याङ, ठुलो भन्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गेधारा, क्लब घर र तरकारी बजार (बालाजु सब स्टेसन पछाडि) छन् ।

बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने भएको जानकारी दिएको छ ।