२०८१ बैशाख १७ , सोमवार

सलमान खानको मुम्बईस्थित घरबाहिर गोली चलाउने दुवै आरोपी पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घरबाहिर गोली चलाउने दुवै आरोपी गुजरातको भुजबाट पक्राउ परेका छन् । घटनाको अनुसन्धान गरिरहेको मुम्बई क्राइम ब्रान्चको टोलीले सोमबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुवै जनालाई पश्चिमी कच्छबाट पक्राउ गरेको गुजरात प्रहरीले पुष्टि गरेको छ । प्रहरीले मंगलबार दुवै आरोपीसँग सोधपुछ गर्ने जनाइएको छ ।

यी दुवै सुटर लरेन्स विष्णोई ग्याङसँग सम्बन्धित भएको बताइएको छ । पक्राउ परेका २४ वर्षीय विक्की गुप्ता र २१ वर्षीय सागर श्रीजोगेन्द्र पालमाथि आइतबार बिहान सलमानको घरबाहिर गोली चलाएको आरोप छ ।प्रहरीका अनुसार घटनापछि यी दुवै मुम्बईबाट भागेका थिए ।