२०८१ बैशाख १७ , सोमवार

प्रभु बैंक लि. को नयाँ गाउँ शाखा कार्यालय सञ्चालनमा

Capture

सुनाखरी न्युज/ काठमाडौं।

प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०८१/०१/०३ देखि पोखरा महानगरपालिका वडा नं. १५स्थित नयाँगाउँमा आप्mनो ३०२औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको नयाँ गार्र्उँ शाखा कार्यालयको समुद्घाटन यस बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनज्यूले गरेको हो ।

बैंकको नयाँ गाउँ शाखा कार्यालयको समुद्घाटन गर्दै शान्ती शेरचन गौचनज्यूले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवाविस्तार गरेको प्रकाश पारे ।

प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै शाखालाई सफलताको शुभकामना व्यक्त गरे। बैंकको नयाँ गाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको बताए ।

बैंकको नयाँ गाउँ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।