२०८१ बैशाख २२ , शनिवार

बलिउड अभिनेता सलमान खानको घरमा गोली चलाउने सुटरको पहिचान खुल्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं।

भारतको मुम्बईस्थित बान्द्रा क्षेत्रमा रहेको ग्यालेक्सी अपार्टमेन्टको धेरै चर्चा हुन्छ । आइतबार झिसमिसेमै यो समुन्द्री किनारको अपार्टमेन्टमा चार राउण्ड हवाई फायर भयो । त्यसपछि फेरि एकपटक यो अपार्टमेन्टको चर्चा विश्वभर फैलिएको छ ।

मोटरसाइकलमा सवार दुईजनाले यो घटना गराएपछि उनीहरु फरार छन् । प्रहरीले घटनामा संलग्न एकजनाको पहिचान गरिएको जनाएको छ । प्रहरीले दुवैजना आक्रमणकारीको तस्वीर पनि सार्वजनिक गरेको छ ।

तीमध्ये एकजना सुटर हरियाणाको गुरुग्राममा बस्ने विशाल उर्फ कालु रहेको भनिएको छ । उक्त व्यक्ति राजस्थानको कुख्यात ग्याङस्टर रोहित गोदारको सुटर रहेको बताइएको छ ।सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सलमानको अपार्टमेन्ट बाहिर चौबीसै घण्टा सशस्त्र प्रहरीको उपस्थिति छ । घटनापछि चर्चित बलिउड सेलिब्रेटीले अपार्टमेन्टमै पुगेर सलमानसँग भेटेका छन् ।