२०८१ बैशाख २२ , शनिवार

‘फर्की फर्की’को दोस्रो पोस्टर सार्वजनिक,अनमोल र जसिता रोमान्टिक अवतारमा देखिए

Capture

सुनाखरी न्युज/ काठमाडौं।

अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ अभिनीत प्रतीक्षित फिल्म ‘फर्की फर्की’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोेष्टरमा अनमोल र जसिता रोमान्टिक अवतारमा देखिएका छन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटलको सहकार्य रहेको फिल्म ‘फर्की फर्की’ मा सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको छ ।

आगामी जेठको १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मका निर्माता ओमप्रकाश अग्रवाल, मनोज वली र अरुण रिजाल र सह–निर्माता रामु न्यौपाने हुन् ।

फिल्ममा अनमोल र जसिताका अलवा रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ ।केही समयको अन्तरालपछि अनमोलको नयाँ फिल्म आउन लागेको हो ।