२०८१ बैशाख १७ , सोमवार

नेपालले हङकङविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै

Capture

सुनाखरी न्युज/ काठमाडौं।

ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार खेलिने हङकङविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जिती हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेका हुन् ।वर्षाका कारण खेल निर्धारित समयभन्दा १ घण्टा ढिलो सुरु भएको छ । वर्षा रोकिएकाले अबको केही समयमै खेल सुरु हुने बताइएको छ ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।