२०८१ बैशाख १७ , सोमवार

कुमारी बैंकको साढे ४ लाख कित्ता शेयर बिक्रीमा

Capture

सुनाखरी न्युज/ काठमाडौं।

कुमारी बैंकको साढे ४ लाख कित्ता शेयर आज वैशाख ३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ४ लाख ५० हजार कित्ता शेयर बिक्रीमा राखिएको हो।प्रतिकित्ता १०६ रुपैयाँ मूल्य नघट्नेगरी जोकोही सर्वसाधारण तथा संस्थाहरुले यसमा आवेदन दिन सक्नेछन् ।

खरिद आवेदन वैशाख ११ गतेसम्म पेस गर्न सकिनेछ। क्यापिटलको नक्साल कार्यालयबाट फारम लिएर गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिनेछ । सोही स्थानमा बुझाउन सकिनेछ । न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

आवेदनका साथ गुड फर पेमेन्ट चेक वा क्यापिटलका नाममा रकम भुक्तानीको भौचर समावेश हुनुपर्नेछ । शिलबन्दी बोलपत्र वैशाख १२ गते खोलिने क्यापिटलले जनाएको छ ।