२०८१ बैशाख २१ , शुक्रवार

महानगरपालिकाले सुरु गर्‍यो सार्वजनिक स्थलका भित्तामा कलात्मक चित्र कोर्न

Capture

सुनाखरी न्युज/ काठमाडौं।

काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्तामा चित्र कोर्न सुरु गरेको छ ।चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने उद्देश्यसहित ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक स्थलका भित्तामा कलात्मक चित्र कोर्न सुरु गरिएको महानगरले जनाएको छ ।

सम्झौताबमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित संघसंस्थाको छनोट प्रतिष्ठानले गरेको हो ।अहिले सुन्धारा क्षेत्रका सार्वजनिक स्थलका भित्तामा चित्र बनाउने कार्य भइरहेको महानगरले जनाएको छ ।

सो क्षेत्रमा चित्र कोर्ने काम सकिएपछि त्रिपुरेश्वरस्थित रंगशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ता, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरूमा चित्र कोरिनेछन् ।