२०८१ बैशाख २१ , शुक्रवार

विश्व चर्चित युट्युवर मिस्टर बिस्टद्वारा नेपाली अस्पताल मर्मत

Capture

सुनाखरी न्युज/ काठमाडौं।

विश्वभर युट्युवमा सबैभन्दा धेरै सब्सक्राइबर भएका सेलिब्रेटी युट्युवर मिस्टर बिस्टले एक नेपाली अस्पतालको मर्मतसम्भार गर्दै नयाँ जीवन दिएका छन् ।

डिसेम्बरमा उनको टीम नेपाल आइपुगेको थियो ।बिस्टले नयाँ भिडियो सार्वजनिक गर्दै आफ्नो टीमले सिन्धुलीको फिक्कल गाउँपालिकाको मर्मत गरेको बारे जानकारी दिएका छन् ।

उक्त अस्पतालमा प्रसुति सेवा पनि उपलब्ध हुने उल्लेख छ । मिस्टर बिस्टको टीमले सोलार प्यानल पनि बिछएका छन । १० थान ‘बेबी वार्मर डिभाइस’ पनि उपलब्ध गराइएको छ ।यो अस्पतालबाट १६ हजार मानिस लाभान्वित हुने भनिएको छ ।