२०८१ बैशाख १७ , सोमवार

कोका–कोला नेपालको “ड्रिंक एण्ड विन”योजना, २० लाखसम्मको पुरस्कार

Capture

सुनाखरी न्युज/ काठमाडौं।

नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ कोका–कोलाले गर्मीे महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एण्ड विन’क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहक महानुभावहरुले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ ।

‘ड्रिंक एण्ड विन’क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले कोका–कोलाका आरजीबीे (रिटर्नेबल गिलासका)बोतलहरूको बिर्को मूनी हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन् ।

कम्पनीको यो योजनामार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयको लागि मात्र उपलब्ध हुने छ । ‘ड्रिंक एण्ड विन’क्याम्पेन कोका–कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहने कम्पनीको भनाइ छ ।