२०८१ बैशाख २४ , सोमवार

स्मिथ एण्ड स्मिथ,रोमानिया’बाट रेमिट्यान्स पठाई हरेक हप्ता १० हजार र बम्परमा रु १ लाख जित्ने मौका

Capture

सुनाखरी न्युज/ काठमाडौं।

नयाँ वर्ष २०८१ को अवसरमा देश तथा विदेशमा रहनु हुने समस्त ग्राहक वर्गलाई हार्दिक मंगलमय शुभकामना ।यस नयाँ वर्ष सँगै रोमानियाबाट  स्मिथ एण्ड स्मिथ मार्फत बैंक खाता, इसेवा वालेटवा नगदमा रेमिट्यान्स पठाई हप्तै पिछे रु १०,००० र बम्परमा एक जनाले रु १००,००० जित्ने मौक यो योजना अप्रिल १३ राती १२ बजेदेखि लागू २०२४ जुलाई १५ सम्म मान्य  ई–सेवाले जनाएको छ।

ईसेवा मनी ट्रान्सफर, ग्राहकहरुलाई सहज सेवा प्रदान गर्न प्रतिबद्ध छ र विदेशबाट जुनसुकै मध्यमबाट पैसा पठाउन सकिने हुदा सहज सुविधाको सुनिश्चित पनि गर्दछ।अजेश कोइराला, प्रमुख कार्यकारी अधिकृत ईसेवा मनी ट्रान्सफर, “ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरु जारी गर्दै सजह सेवा प्रदान गर्न प्रतिबद्धता छौ। स्मिथ एण्ड स्मिथको साझेदारीमा योयोजनासुचारू भए संगै अब Romania बस्दै गर्नु भएको नेपालीहरुले ईसेवा मनी ट्रान्सफर मार्फत सहज रुपमा नेपाल पैसा पठाई अफर को फाईदा लिन सक्नुहुनेछ।“

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएका छन ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।