२०८१ बैशाख १७ , सोमवार

एसीसी प्रिमियर कप क्रिकेटः नेपाल आज हङ्कङको सामना गर्दै

सुनाखरी न्युज/ काठमाडौं।

एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले सोमबार हङ्कङको सामना गर्दैछ । ओमानमा जारी  खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ । प्रिमियर कपको दोस्रो संस्करणमा नेपालको यो तेस्रो खेल हो ।

जारी प्रतियोगितामा नेपाली टोली लगातार तेस्रो जितको खोजीमा छ । यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाली टोलीले शनिबार खेलिएको आफ्नो दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो ।

कतारविरुद्धको खेलमा नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पाली खेलेका थिए । टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय १० रन बनाएको थियो ।