२०८१ बैशाख २० , बिहिवार

नविन शैलीको अनावरण: भिभो भी ३० लाईट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भिभोले नयाँवर्षको उपलक्ष्यमा यहीं आउदो वैशाख १ गते आफ्नो नयाँ स्मार्टफोन भिभो भी ३० लाईट सार्वजनिक गरेका छन । स्टाईल, कार्यक्षमता र कार्य सम्पादनको उत्तम मिश्रण भिभो भी ३० लाईटमा भिभोले आफ्नो सिग्नेचर कलर चेन्जिङ्ग डिजाईनको साथसाथै ८० वाटको फास्ट चार्गिङ, ५० मेगापिक्सेलको हाईरिजोल्युसन क्यामेरा र १२० हर्जको एमोलेड डिस्प्ले पनिप्र दान गरेको छ। जसले भिभो भी ३० लाईटलाई एउटा फोन मात्र नभई नेपाली स्मार्टफोन अनुभवलाई परिभाषित गर्ने तत्वको रुपमा हेरिएको छ।

डुअल स्टेरियो स्पिकर सेटअपको साथमा इमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले अविश्वसनीय स्पष्टताका साथ दृश्यहरू र इमर्सिभ ध्वनि गुणस्तर प्रदानगर्दछ, जसले हरेक चलचित्र, संगीत ट्र्याक, वा खेललाई पहिले कहिल्यै नभएको जस्तो जीवन्त बनाउँछ। साथै, यसको अप्टिकल इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सरको साथ, तपाईंले सुविधा र सुरक्षा सुनिश्चित गर्दै, केवल आफ्नो औंलाको स्पर्शले फोन अनलक गर्न सकिने कम्पनीले जनाएका छन । स्लीक र हल्का वजन भएको यो फोनलाई मेटालिक हाईग्लस फ्रेमले प्रिमियम फिनिश प्रदान गर्दछ। चाहे तपाईं ड्रीमी ब्रीजग्रीन रोज्नुस् या क्लासिक क्रिस्टल ब्ल्याक यसको अद्वितीय सौन्दर्यताले तपाईंलाई मोहित पार्दछ।

क्रिस्टल ब्ल्याकमा, भी ३० लाईट केवलयसको ७.७९ मिलिमिटर थिक्नेश र १८९ ग्राम वजन मापनको साथ अल्ट्रास्लीक प्रोफाइलमा चम्कन्छ, भने ब्रीजग्रीन एडिसनले भिभोको सिग्नेचर कलर चेन्जिङ्ग डिजाईन फिचर गर्दछ,जस्को ब्याकप्यानल सुर्यको प्रकाश साथसाथै यू भि रेजको सम्पर्कमा गहिरो हरियोमा रूपान्तरण हुँदै तपाईंको स्टाईलमा जादूको स्पर्श थप्दछ।भिभो भी ३० लाईटमा लूकमात्र नभई यस्को ५० मेगापिक्सेल क्यामेरा र फ्लिकर फ्रि सेन्सरको साथतपाईंले चुनौतीपूर्ण प्रकाशात्मक स्थितिमा पनि आकर्षक तस्बिरहरू र फ्लिकर फ्रि भिडियोहरू खिच्न सकिने कम्पनीले जनाए । ८+८ जीबीको एक्सटेन्डेड¥यामर २५६ जीबीको ठूलो भण्डारण क्षमता रहेकोे यस फोनले तपाईंको सबै फोटो र भिडियोहरूको लागिपर्याप्त ठाउँ प्रदान गर्दछ भने स्नैपड्रैगन ६८५ चिपसेटले तपाईंको प्रतिदिनका कामहरूलाई सहजता साथ निर्वाह गर्दछ।

भिभो भी ३० लाईटमा थप,ठूलो५००० एम ए एच ब्याट्री रहेको छ जसमा ८० वाटको फ्ल्यास चार्जको साथ – मात्र ३० मिनेटमा तपाईंलाई ८०% पुनर्जीवितगर्दछ र भिभोको अभिनव ब्याट्री स्वास्थ्य सुविधाबाट, तपाईंले ब्याट्रीको दीर्घायु लागि ४ वर्षसम्मको एन्टी–एजिंग ग्यारान्टीको सुनिश्चिता गर्न पाईने जनएका छन ।भी ३० को अपार सफलता पछी, भिभो भी ३० लाईटले पनि आफ्नो नवीनता र उत्कृष्टताको विरासतलाई जारी राख्दै, ३३,९९९ रुपैयाँको अफर्डेबल मूल्यमा उपभोक्ताहरूलाई उन्नत सुविधाहरू प्रस्तुत गर्दछ। यो वैशाख २ देखि सबै भिभोको अधिकृत रिटेल स्टोर र दराज अनलाइनमा उपलब्ध हुने कम्पनीले जानकारी दिए । नयाँ वर्षको विशेष अवसरको रुपमा भिभोले पहिलो २००० ग्राहकहरुका लागी फ्री क्लिपबड्सको पनि व्यवस्ता गरेको छ, जस्ले भिभो भी ३० लाईटलाई अझै आकर्षित बनाएको छ।