२०८१ बैशाख १८ , मंगलबार

जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेका नन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास,वीरगंज र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपालीनयाँवर्ष विक्रम सम्वत् २०८१ को अवसरपारेर मिति २०८१ वैशाख १ गते जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गर्यो । जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो संस्करण सन् २०२३ अप्रिलमा आयोजना गरिएको थियो ।

उक्त महोत्सव जनकपुर स्थित महेन्द्रनारायण निधिमिथिला सांस्कृतिक केन्द्रमा आयोजना गरिएको थियो र दुई सत्रमा विभाजित थियो ।
कार्यक्रमको पहिलो सत्रमा हरिवंश झाले ‘जानकी लीला’मा महत्वपूर्ण व्याख्यान प्रस्तुत गरेका थिए । कार्यक्रममा सारीका साथै भारत र नेपालका किल्लाहरुको प्रदर्शनी र चर्चित सेफ सन्तोष साहद्वारा प्रस्तुत मैथिली फुड फेस्टिवल पनि समावेश थियो ।

कार्यक्रमको दोस्रो सत्रमा स्वामी विवेका नन्द सांस्कृतिक केन्द्रका गुरु तथा कलाकारले भगवान रामर सीताको जीवनीमा आधारित भजनको सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । दोस्रो सत्रको विशेष आकर्षण प्रसिद्घ नेपाली गायिका सुश्री मेनुका  पौडेलको प्रस्तुति रहेको थियो । मेनुकापौडेल इन्डियन आइडल २०२४ को उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन् ।मधेश प्रदेशका माननीय मुख्य मन्त्री सरोज कुमार यादवले प्रमुख अतिथिको रुपमा महोत्सवको पहिलो सत्रको उद्घाटन गरेका थिए । जनकपुरधाम उपमहानगरपालिकाका माननीय मेयर मनोज कुमार साहले साँझको सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थिति जनाएको थियो ।

सो महोत्सवमा मधेश प्रदेशकाप्रदेश सभा सदस्य, प्रतिष्ठित व्यक्तित्व र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो साथै दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।दुई देशकाकला, संस्कृति तथा चाडपर्वको साझा परम्परामाझल्किने भारत र नेपालको साझा सांस्कृतिक सम्पदालाई जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणले मनाएको थियो ।

PIC (10)

 

PIC (2)