२०८१ बैशाख २१ , शुक्रवार

कुमारी बैंकको नयाँ वर्षको अफर, भाग्यशाली एक ग्राहकले आइफोन १५ जित्ने मौका

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान“नयाँवर्ष २०८१ जितौ iPhone 15 ” सुचारु गरेको छ।

यस अभियान अन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी रु५०० को Topup र कुनै पनि एउटा datapack खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यु iPhone 15 जित्न सकिने बैंकले जनएका छन ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङ्गमा दर्ता गर्न सक्नुहुनेछ। साथै यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ सम्म रहेको बैंकले बताएको छ ।