२०८१ बैशाख २६ , बुधवार

मधेशमा आज जुडशीतल मनाइँदै, यी स्थानमा सार्वजनिक बिदा

Sunakhari3

सुनाखरी न्युज/ जनकपुरधाम ।

मधेशमा आज  नयाँ वर्षको स्वागतमा हर्षोल्लासका साथ आज जुडशीतल मनाइँदै छ ।

वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै अग्रज एवं मान्यजनले आफूभन्दा सानालाई शिर (टाउको) मा जल थपथपाएर आशीर्वाद दिने चलन छ ।

 

बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल सिंचित गरी आर्शीवाद दिंदै जुडशीतल मनाउने गरिन्छ ।