२०८१ बैशाख १७ , सोमवार

इलामका दुई पत्रकार पुरस्कृत

New-Project-2021-04-14T143559.860_eE7ndw5JNH_l68tmrd9m3y4gn9v8vy9ifoteclkusljorktjd3nlgblpqyq5bwoh2sstawu_IS07TFVKNx_gn9xcqptgchptsinihvd4ctuziuykjbucep3ckodeeanaly2hjbx5lfsb8nb

सुनाखरी न्युज/ काठमाडौं ।
इलामका दुई जना क्रियाशील पत्रकार पुरस्कृत भएका छन् । शनिबार आयोजित कार्यक्रममा पत्रकार विक्रम सुन्दास ९तिलविक्रम० र रीता राराहाङ रु १०र१० हजार राशिको पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । नेपाल पत्रकार महासङ्घ इलामले स्थापना गरेको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’बाट सुन्दास र ‘क्रियाशील पत्रकार महिला पुरस्कार’बाट राराहाङ पुरस्कृत हुनुभएको हो । पुरस्कृत पत्रकारलाई सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराललगायतले दोसल्ला ओढाइ सम्मानपत्र र चेक हस्तान्तरण गर्नुभयो ।

 

विसं २०६४मा स्थानीय इलामको रेडियो फिक्कलबाट पत्रकारिता सुरु गर्नुभएकी राराहाङ सुनसरीको सप्तकोशी एफएम र काठमाडौँको इन्डिजिनियस टेलिभिनजनसँग आबद्ध हुनुहुन्छ । विसं २०७५ मा स्थानीय चियाबारी एफएमबाट पत्रकारितामा क्रियाशील सुन्दास भने इलामकै रेडियो बुद्धवाणी एफएममा आबद्ध हुनुहुन्छ । इलामका स्व पत्रकार आशिष राईको स्मृतिमा महासङ्घले स्व राईको स्मृति दिवसमा नयाँ वर्षमा पुरस्कार वितरण गर्दै आएको छ ।

 

रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता राईको २०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । सन्दकपुर गाउँपालिका(३ सुलुबुङमा जन्मेका राईको निधनपछि २०६० सालमा महासङ्घ इलामले ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ कोष खडा गरी पुरस्कार स्थापना गरेको थियो । त्यसैगरी २०७७ सालमा महासङ्घ इलामले ‘क्रियाशील पत्रकार महिला पुरस्कार’ कोष स्थापना गरी क्रियाशील पत्रकार महिला पुरस्कार वितरण गर्दै आएको छ ।रासस