२०८१ जेठ ७ , सोमवार

संसद्को हिउँदे अधिवेशन वैशाख २ बाट अन्त्य हुने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालू अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

संसद्को हिउँदे अधिवेशन गत माघ २२ गतेबाट सुरु भएको थियो । यसबीचमा संघीय संसद्ले तीन वटा विधेयक पारित गरेको छ ।यस्तै, सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।