२०८१ बैशाख २३ , आइतवार

कुमारी स्मार्टबाट मुद्धती खाता खोल्दा अत्तिरिक्त ब्याज पाइने र कर्जा लिँदा विशेष छुट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालीहरुको नयाँवर्ष २०८१को शुभ अवसरमा कुमारी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप“कुमारी स्मार्ट”मार्फत मुद्धती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउन सकिने बैंकले जनाए।साथै कुमारी स्मार्ट एपमार्फत आफ्नो मुद्धती खातामा भएको रकमबाट कर्जा (Loan Against FD)लिदा ०.२५ प्रतिशत छुट प्रदान गरिनेछ।

ग्राहकहरुको समयको महत्वलाई मध्यनजर गर्दै सो सेवा कुमारी स्मार्ट मार्फत घरमै बसेर संसारको जुनै कुनाबाट पनि तुरुन्तै लिन सकिने जनाए ।

यस्तो प्रकारको मुद्धती खाता खोल्नको लागी र मुद्धती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनै पनि किसिमको कागजी प्रकृयाहरु नचाहिने र मोबाइल बैंकिङ्ग एप मार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने व्यहोरा बैंकले सार्वजनिक गरेको छ ।