२०८१ बैशाख २० , बिहिवार

आजदेखि हलमा ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

शुक्रबार नेपालभर दुई नयाँ फिल्म रिलिज भएका छन् । रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला : एमए थर्ड क्लास’ र फिडेल देवकोटा निर्देशित ‘द रेड सुट्केस’ हलमा लागेका छन् ।

अलग जनराका यी फिल्म दर्शकलाई आफ्नो रुचिअनुसार हेर्ने सुविधा छ । ‘कबड्डी’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्मको निर्माता बाँसुरी फिल्म्सको ‘डिग्री माइला’ले शैक्षिक बेरोजगारको अहंकार र त्यसले सिर्जना गर्ने परिणतीको कथा भन्छ ।

दयाहाङ राई, आँचल शर्मा, प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतको शीर्ष भूमिका रहेकोट छ । यू सर्टिफिकेट प्राप्त गरेको यो फिल्ममा दयाहाङले डिग्री उत्तिर्ण बेरोजगार पात्रको भूमिका निर्वाह गरेका छन् ।

‘द रेड सुटकेस’मा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा मुख्य भूमिकामा छन् ।  जर्मनीबाट दृश्य मानवशाष्त्रमा विद्यावारिधी गरेका देवकोटाको यो ‘मिस्ट्री रियालिज्म’ जनराको फिल्मले कतारबाट नेपाल आएको एउटा शवको कफिन र रातो सुट्केसलाई नेपालको गाउँमा लैजान मुख्य पात्रले गरेको यात्रको कथा भन्छ ।

सौगात मल्लको पात्रलाई उक्त शव पुर्‍याउन जिम्मा दिइन्छ ।त्यो यात्राको क्रममा उनले लौकिक र अलौकिक घटनाको साक्षी बन्नुपर्छ । कथावस्तुसँगै दृश्यात्मकरुपमा छायांकन र ध्वनी विधामा प्रशंसा बटुेलेको छ ।

यो फिल्मले नेपाली फिल्म वैदेशिक रोजगारीको सामाजिक आयामको कथा भन्छ । यो फिल्म क्यूएफएक्स चेनबाहेकका हलमा रिलिज भएको छ ।