२०८१ बैशाख १७ , सोमवार

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड,कतिमा भइरहेको छ कारोबार?

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

बिहीबार घटेको सुनको मूल्यले फरी नयाँ रेकर्ड बनाएको छ। शुक्रबार नेपाली बजारमा सुन (छापावाल) को मूल्य प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।बिहीबार एक लाख ३६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

अहिले विश्वका विभिन्न केन्द्रीय बैंकहरूले सुनको खरीदारी बढाएका कारण मूल्य बढिरहेको छ।आज चाँदीको मूल्य भने प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको महासंघले जनाएको छ।