२०८१ बैशाख २१ , शुक्रवार

श्री रामानुज दास मारु मेमोरियल ट्रष्ट को आयोजनामा काठमाडौंमा श्री रामकथा आयोजना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गौ सेवा प्रकल्प उद्देश्यको लागी यहि मिति २०८० चैत्र २७गते देखि २०८१ बैशाख ५ गतेसम्म काठमाडौं स्थित होटल आनन्द पशुपतिमा श्री रामकथा बाचन भई रहेको छ ।

उक्त रामकथा विश्व प्रख्यात जगद्गुरु अनन्त श्री समलंकृत द्वाराचार्य श्रीमलूकपीठाधिश्वर स्वामी श्री राजेन्द्र दास देवाचार्य जीमहाराजको मुक्त कण्ठबाट वाचन भईरहेको हो । श्री रामानुज दास मारु मेमोरियल ट्रष्टको आयोजनामा बाचन भईरहेको उक्त रामकथायहिमिति २०८१ बैशाख ५ गतेसम्म हुने बताएका छन ।

उक्तकथाको प्रथम सत्रमाश्री रामचरित मानसका सामूहिक संगीतमयमूल पाठ दैनिक विहान ९ बजे देखि १२ बजेसम्म संचालन हुने छ भने द्वितीय सत्र अन्तर्गत जगद्गुरु अनन्तश्री समलंकृत द्वाराचार्य श्रीमलूक पीठाधिश्वर स्वामीश्री राजेन्द्र दास देवाचार्य जीमहाराजको मुक्तकण्ठबाट श्री रामकथा प्रवचन अपरान्ह ३ः०० बजेदेखि साँझ ७ बजेसम्म संचालन हुने छ ।

उक्त रामकथा श्रवण गर्न चाहनु हुने इच्छुक सम्पुर्ण श्रद्धालु भक्तजनहरुलाई कथा स्थलमा उपस्थित भई कथा श्रवण तथा प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गरेका छन ।