२०८१ बैशाख २० , बिहिवार

निष्क्रिय कर्जा बढेसँगै बैंकहरूको नाफा साँघुरियो

Bank

सुनाखरी न्युज/ काठमाडौं ।

बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि गरेको ‘प्रोभिजनिङ’ बढेसँगै नाफा प्रभावित भएको छ ।

चालु आर्थिक वर्ष (आव) २०८०-८१ को  आठ महिना (साउन–फागुन) सम्म बैंक तथा वित्तीय संस्थाले ४६ अर्ब ३८ करोडमात्र नाफा कमाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

गत आव सोही अवधिमा ५३ अर्ब ६० करोड कमाएका बैंक तथा वित्तीय संस्थाको नाफा चालु आव १५.५७ प्रतिशतले घटेको हो । चालु आव बैंक तथा वित्तीय संस्थाले सम्भावित कर्जा नोक्सानीका लागि ५५ अर्ब ८७ करोड रुपैयाँ प्रोभिजन गरेका छन् ।

गत आव सोही अवधिमा ३६ अर्ब ५५ करोड मात्रै प्रोभिजनिङ गरेकोमा चालु आव प्रोभिजनिङ बढे पनि नाफा घटेको हो ।