२०८१ बैशाख २० , बिहिवार

आजको मौसमः देशभर नै तुवाँलो, वायु प्रदूषण कायमै

weather 3

सुनाखरी न्युज/ काठमाडौं ।

देशभर नै अहिले  तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले नेपालको वायु अझै स्वच्छ छैन भनेर बुझ्नुपर्ने मौसमविद बताउँछन् ।

गण्डकी, बागमती र कोशी प्रदेशमा बिहीबार हावाहुरीसहित वर्षा भएको थियो । त्यो वर्षाले प्रदूषण केही कम भने गरेको थियो ।

 

‘धेरै स्थानमा अहिले पनि डढेलो लागिरहेको छ, हावामा धुवाँ, धुलो कायमै छ । त्यसैले देशभर नै तुवाँलो देखिएको छ,’ महाशाखाका मौसमविद रोजन लामिछानेले भने । हिजोको पानीले प्रदूषण केही मात्रामा घटेको जस्तो देखिए पनि वासआउट भने गरेन ।’

अघिल्ला दिनहरुमा नेपालमा प्रदूषणको स्तर ह्वात्तै बढेर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको थियो । विश्वभरको वायु प्रदूषणको स्तर मापन गर्ने स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार नेपालको वायू गुणस्तर सूचक (एक्यूआई) २०० माथि पुगेको थियो ।