२०८१ बैशाख २० , बिहिवार

मिस नेपाल २०२४ को अडिसन भोलिबाट सुरु हुने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मिस नेपाल २०२४ को यात्रा भरतपुरदेखि सुरु भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्रीले क्षेत्रीय अडिसनको थालनी शुक्रबार भरतपुरबाट हुने जानकारी दिए ।

पत्रकार सम्मेलनमा मिस नेपाल सृच्छा प्रधान र मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाह पनि सहभागी थिए । निर्देशक क्षेत्रीले आवेदन खुला भएको जनाउँदै योग्य र इच्छुक युवतीलाई प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरे ।

मिस नेपाल सृच्छा र मिस इन्टरनेसनल प्रसिद्धिले अनुभव सुनाउँदै प्रतिस्पर्धामा आउन युवतीलाई आग्रह गरे । शुक्रबार अडिसन हुने र छुटेकाले मे १८ मा काठमाडौंमा हुने अडिसनमा सहभागी हुन पाउने हिडन ट्रेजरले जनाएको छ ।

१७ अप्रिलमा पोखरा, २२ अप्रिलमा नेपालगञ्ज, २४ अप्रिलमा सुर्खेत, २८ अप्रिलमा वीरगञ्ज, ५ मेमा बिर्तामोड, ७ मेमा इटहरी, १२ मेमा भैरहवा र १८ मेमा काठमाडौंमा अडिसन हुँदैछन् ।आगामी अगस्ट ३ मा गोदावरीको सनराइज कन्भेसन सेन्टरमा फिनाले आयोजना हुँदैछ ।