२०८१ बैशाख २१ , शुक्रवार

‘डिग्री माइलाः एमए थर्ड क्लास’लाई उच्च शो , कस्तो होला व्यापार ?

degree mahila

सुनाखरी न्युज /  काठमाडौं ।

रामबाबु गुरुङ निर्देशित फिल्मले क्यूएफएक्स बाहेक देशभर ९७ शो पाएको छ । निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्मलाई देशको ठूलो हल चेन क्यूएफएक्स बाहेक देशभर ९७ शो दिइएको छ । क्यूएफएक्सले ५८ शो दिइसकेको छ ।हालसम्म यो फिल्मले देशभर कुल १ सय ५५ शो पाइसकेको छ । भोलिसम्म यो संख्या अझ बढ्ने देखिन्छ । फिल्मका वितरक गोविन्द शाहीले फिल्मले शुक्रवार तथा शनिबार गरेर झण्डै ५ करोड रुपैयाँ व्यापार गर्ने अनुमान गरेको बताए ।

 

शाहीका अनुसार फिल्मले शुक्रवार २ करोड ५० लाख माथि तथा शनिवार ३ करोड भन्दा बढीको व्यापार गर्ने अनुमान गरिरहेको जानकारी दिए । यसअघि रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी–४’ ले रिलिजको पहिलो शनिवार ३ करोड बढीको व्यापार गरेको बताउँदै फिल्मको हाइप अनुसार यो आँकडा अनुमान गरिएको बताए । ट्रेलर रिलिज भएयता दयाहाङको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतिर आकर्षित गरिरहेको छ ।

 

वर्षको सुरुवातमा ‘जारी’ ले ल्याएको व्यापारिक उछाललाई ‘डिग्री माइला’ ले पनि सुखद् अन्त्य दिने रुझान देखाएको छ । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । फिल्म सोही नामको नाटकमा आधारित रहेको छ ।निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको हिट जोडीका कारण डीग्री माइला दर्शकको पर्खाइमा छ ।

 

बुधवारसम्म यो चलचित्रले देशभर १५५ शो पाएको छ । क्यूएफएक्सले मात्रै ५८ शो दिएको छ । चलचित्रका वितरक गोविन्द शाहीले शुक्रवार र शनिवार मात्रै झण्डै ५ करोड व्यापार गर्ने अनुमान गरेको बताए । यसअघि रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी(४’ ले रिलिजको पहिलो शनिवार ३ करोडभन्दा बढीको व्यापार गरेको दाबी थियो ।