२०८१ जेठ ६ , आइतवार

उद्योग संगठन मोरङ उत्कृष्ट उद्योग वाणिज्य संघको सम्मानबाट पुरष्कृत

Capture

सुनाखरी न्युज/विराटनगर ।

देशभरिका जिल्ला/नगर उद्योग वाणिज्य संघहरु मध्येबाट उद्योग संगठन मोरङ उत्कृष्ट उद्योग वाणिज्य संघको सम्मानबाट पुरष्कृत भएको छ ।

आज नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८० को अवसरमा संगठनले सो सम्मान पाएको हो । प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड”ले प्रदान गर्नु भएको उत्कृष्टताको प्रमाण पत्र तथा अवार्ड संगठनका अध्यक्ष्ँ राकेश सुराना र वरिष्ठ उपाध्यक्ष्ँ नन्दकिशोर राठीले ग्रहण गरेका थिए ।

संगठनलाई प्राप्त सम्मान पत्रमा“उद्योग, व्यापार, व्यवसायको विकास तथा प्रवद्र्धनमा निर्वाह गरेको उत्कृष्ट भूमिकाको उच्च मूल्यांकन गर्दै जिल्ला÷नगरबाट उद्योग संगठन मोरङलाई यो सम्मान पत्र प्रदान गरिएको” उल्लेख छ ।

जिल्ला÷नगर उद्योग वाणिज्य संघले उद्योग व्यवसाय क्ष्ँेत्रको प्रवद्र्धनका लागि खेलेको भूमिका, सघ/प्रदेश र स्थानीय निकायसंग साझेदारीमा भएका कामहरु, वहस पैरवीबाट प्राप्त उपलब्धी,सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका कार्यहरुका साथै समग्र आर्थिक एवं औद्योगिक विकासमा पु¥याएको योगदानको आधारमा नेपाल उद्योग वाणिज्य महासंघले संगठनलाई उक्त सम्मानबाट पुरष्कृत गरेको जनाए ।