२०८१ जेठ ५ , शनिवार

बाढीको चपेटामा रूस

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

रूसका केही भागमा तेह्र हजारभन्दा बढी आवासीय भवन डुबानमा परेका छन् ।अधिकांश बाढीग्रस्त क्षेत्रहरू ओरेनबर्ग क्षेत्रमा रहेको र यहाँ १२ हजार ८०० घरहरू डुबानमा परेका छन् ।

ओरेनबर्ग क्षेत्रमा सात हजार ७०० भन्दा बढी मानिसलाई विस्थापित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।ओरेनबर्गको ओस्र्क सहरमा बाढीका कारण छ हजार ७०० आवासीय भवनहरू डुबानमा परेका र दुई हजार ६१६ मानिसहरूलाई विस्थापित भएका छन् ।

तापक्रममा निरन्तररूपमा औसत वृद्धिका कारण रूसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रीय सङ्घीय क्षेत्रमा हिउँ पग्लिँदा विपत्ति निम्तिएको छ । रासस /सिन्ह्वा