२०८१ जेठ ६ , आइतवार

मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गनुभएको हो ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

उहाँ नेकपा (एमाले)सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री कँडेलले आजै पदबहाली गर्नुभएको छ ।  रासस