२०८१ बैशाख २२ , शनिवार

नेप्से परिसूचकमा दाहोरो अङ्कको गिरावट

Share

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबार सेयर बजारको परिसूचक नेप्से दाहोरो अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से १०.७१ अंक घटेर २०२५ अंकमा कायम भएको छ । बजारको यहीं अ‌ंकले वि.सं. २०८० साललाई बिदाइ गरेको छ । बिहीबार सार्वजनिक बिदा परेपछि अब २०८१ सालमा मात्रै कारोबार खुल्नेछ ।

कुल ३ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि हिजो ४ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कुल ६३ कम्पनीको मूल्य बढ्दा १७६ को घट्यो भने ६ को स्थिर रह्यो ।

ब्यापार १.४६ प्रतिशत तथा उत्पादन ०.१३ प्रतिशत बढे । तीबाहेक सबै समूह घटेका छन् । फाइनान्स सबैभन्दा धेरै २.५ प्रतिशत घट्यो । अंकका आधारमा बैंकिङ ०.४२, विकास बैंक ५०, फाइनान्स ५१, होटल तथा पर्यटन ८७, हाइड्रोपावर १, जीवन बीमा १३०, माइक्रोफाइनान्स ४६, निर्जीवन बीमा १११ र अन्य समूह ७ ले घटे ।