२०८१ बैशाख १८ , मंगलबार

गर्मीमा आफूलाई स्फूर्त राख्न खानुस् यी चिज

OIP (2)

सुनाखरी न्युज/ काठमाडौं ।

गर्मीको मौसम सुरु हुने बित्तिकै खपिनसक्नुको घाम र तातो हावाको लहर चल्न थाल्छ । यसका कारण हाम्रो शरीर थकित र निर्जीव महसुस हुन्छ । यस्तो अवस्थामा चिसो रहन हामी एसी वा चिसो पेय पदार्थको सहारा लिन्छौँ । हाम्रो शरीरलाई भित्रैबाट चिसो राख्न मद्दत गर्ने केही खानेकुरा पनि छन् । के तपाईँलाई यी खानेकुराबारे थाहा छ रु गर्मीमा आफ्नो आहारमा केही परिवर्तन गरेर हामी आफूलाई हाइड्रेटेड मात्रै होइन ताजा अनि स्फूर्त पनि राख्न सक्छौँ ।

 

– मोहीले पाचन प्रक्रियालाई स्वस्थ त राख्छ नै गर्मीमा शरीरलाई शीतल राख्न पनि निकै उपयोगी हुन्छ । यसमा पाइने ल्याक्टिक     एसिडले शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ ।

-पुदिना शीतल जडीबुटी हो । गर्मीमा यसको सेवन निकै फाइदाजनक मानिन्छ । पानी वा दही पुदिना राखेर खान सकिन्छ । पुदिनाको  चटनी बनाएर पनि खान सक्नु हुन्छ ।

 

-पालुङ्गो, लेटिस, तोरी आदिको साग गर्मीमा निकै फाइदाजनक हुन्छ । यी सागसब्जीमा क्याल्सियम र पोषक तत्त्व भरपुर मात्रामा मात्र  पाइन्छ नै । यिनीहरूले शरीरलाई चिसो राख्न पनि मद्दत गर्छ ।

– काँक्रो पानीले भरपूर हुन्छ । यसमा करिब ९६ प्रतिशत पानी हुन्छ । यसले शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ । काँक्रोमा पाइने  एन्टिअक्सिडेन्टले शरीरलाई सुन्निनबाट बचाउँछ । काँक्रोलाई यत्तिकै पनि खान सकिन्छ । यसलाई सलादको रूपमा प्रयोग गर्न सकिन्छ ।

 

– खरबुजा, तरबुजा यस्तै खालका खानेकुरामा प्रशस्त मात्रामा पानी हुन्छ । गर्मीमा शरीरलाई ताजा राख्न यो उत्कृष्ट उपाय हो । यी  फलफूलमा पाइने प्राकृतिक चिनीले शरीरलाई ऊर्जा दिन्छ । खरबुजालाई काटेर सिधै खान पनि सकिन्छ । यसलाई जुस बनाएर पिउँदा  पनि हुन्छ ।